कञ्चनपुरमा थप ३ जना संक्रमितको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कञ्चनपुरमा थप ३ जना संक्रमितको मृत्यु


प्रशासन संवाददाता

२० बैशाख २०७८, सोमबार


धनगढी । कञ्चनपुरमा सोमबार तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत थप तीन जना संक्रमितको मृत्यु भएको हो ।

भीमदत्त नगरपालिका ६ का २४ वर्षीय पुरुष, भीमदत्त १८ की ६५ वर्षीया महिला र दोधारचाँदनी नगरपालिका–१० का ३४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यसअघि कञ्चनपुरमा आइतबार राति दुई जना संक्रमितको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस