२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा नाकामा हेल्थ डेस्क स्थापना

अ+ अ-

नवलपुर । गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एक मात्रै नाका नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को त्रिवेणीमा हेल्थ डेस्क (स्वास्थ्य कक्ष) स्थापना गरिएको छ ।

उक्त हेल्थ डेस्कमा एक अहेब र एक जना अनमी राखिएको विनयी त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी कृष्णप्रसाद अर्यालले जानकारी दिए।

हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई दैनिक ज्यालादारीमा राखिएको अर्यालले बताए । गत वर्ष पहिलो लहरको कोरोना सङ्क्रमण हुँदा पनि त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा यसै गरी स्वास्थ्यकर्मी परिचालन गरेर हेल्थ डेस्क स्थापना गरिएको थियो । उक्त डेस्कबाट सीमा नाका हुँदै आवतजावत गर्नेको ज्वरो जाँच गर्दै उनीहरुको ठेगाना लेख्ने काम गर्ने जनाइएको छ ।

प्रदेशकै एक मात्र भारतसँग सीमा जोडिएको नाका भएकाले प्रदेश सरकारले नै स्वास्थ्यकर्मी राख्नुपर्नेमा त्यस्तो नगरी गाउँपालिकालाई नै जिम्मा दिँदा पर्याप्त स्वास्थ्यकर्मी राख्न नसकिएको गाउँपालिका अध्यक्ष डम्मरबहादुर जिसीले गुनासो गरे । गाउँपालिकासँग सीमित बजेट हुँदा सीमा नाकाको जिम्मेवारी धान्न मुस्किल हुने उनको भनाइ छ । सिमानामा प्रदेश सरकारबाट नै कर्मचारी राख्नुपर्ने भए पनि सरकारले बेवास्ता गरेको जिसीले बताए ।

गत वर्ष कोभिड–१९ को सङ्क्रमणका कारण बन्द गरिएको त्रिवेणी भन्सार नाका १३ महिनासम्म खुल्न सकेको छैन । नाका नखुल्दै फेरि त्यहाँ हेल्थ डेस्क स्थापना गरिएको हो । पर्याप्त मात्रामा स्वास्थ्यकर्मी राखेर कम्तीमा भारतबाट त्यो नाका हुँदै नेपाल भित्रिनेको पिसिआर परीक्षणको व्यवस्था गर्न सके प्रभावकारी हुने जिसीको भनाइ छ ।

भारतबाट नेपाल भित्रिनेको सीमाबाटै पिसिआर परीक्षण नगरी घर पठाउँदा कोरोना सङ्क्रमणको जोखिम बढ्ने देखिएको छ । नाकामा राखिएको हेल्थ डेस्कमा कार्यरत दुई जना कर्मचारीबाट ज्वरो नाप्ने र ठेगाना लेख्नेबाहेक अरू काम हुन नसक्ने जिसीको भनाइ छ । त्रिवेणी नाकामा प्रदेश सरकारले चासो नदिएका कारण पर्याप्त स्वास्थ्य सुरक्षा अपनाउन नसकिने उनले बताए।

सीमा नाकामा प्रदेश सरकारको सहयोगबाट कडाइ गर्न सहज हुने जनाउँदै अध्यक्ष जिसीले नाकामा कडाइ गरे मात्रै कोभिड न्यूनीकरणमा सफलता मिल्ने बताए । सीमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कलाई प्रभावकारी बनाउनसमेत प्रदेश सरकारले सहयोग गर्नुपर्ने अध्यक्ष जिसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस