श्रीलङ्कामा हवाई यात्रामा कडाइ, विमानमा ७५ यात्रु मात्र उड्न पाउने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

श्रीलङ्कामा हवाई यात्रामा कडाइ, विमानमा ७५ यात्रु मात्र उड्न पाउने


एजेन्सी

२० बैशाख २०७८, सोमबार


कोलम्बो । श्रीलङ्काले कोरोनाभाइरस (कोभिड–१९) महामारीलाई ध्यानमा राखी सोमबार बिहानदेखि लागू हुने गरी दुई साताका लागि हवाई यात्रामा थप कडाइ गरेको छ ।

श्रीलङ्काली हवाई उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रा गर्दा विमानले एक पटकमा ७५ जना भन्दा बढी यात्रु बोक्न पाइने छैन । प्राधिकरणले सबै विमान कम्पनीहरुलाई सरकारको निर्णय बारे जानकारी गराइसकेको छ ।

दुई सातापछि मुलुकभित्र कोभिडको अवस्थाका बारेमा मूल्याङ्कन गरेपछि थप निर्णय लिइने प्राधिकरणले जनाएको छ ।

यसैबिच, श्रीलङ्कामा पछिल्ला दिनहरुमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । आइतबार हालसम्मकै उच्च सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमित भेटिएका छन् । श्रीलङ्काली स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ८०० जनामा कोरोना पुष्टि भएको छ ।

यो सहित श्रीलङ्कामा कोरोनाभाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख १२ हजार पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस