आजदेखि आन्तरिक उडान बन्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आजदेखि आन्तरिक उडान बन्द


२० बैशाख २०७८, सोमबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । सरकारले आजदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेको सिफारिसअनुसार आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले सोमबार १२ बजेदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।

यसैगरी सरकारले वैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा पनि रोक लगाउने निर्णय गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने निर्णय भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस