सांसद पद गुमाएका जसपा नेताको रिट सर्वोच्चले फिर्ता गरिदियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सांसद पद गुमाएका जसपा नेताको रिट सर्वोच्चले फिर्ता गरिदियो


प्रशासन संवाददाता

१९ बैशाख २०७८, आइतबार


काठमाडौँ । सांसद पदबाट पदमुक्त भएका जनता समाजवादी पार्टीका ४ नेताले दिएको रिट सर्वोच्च अदालतले फिर्ता गरिदिएको छ ।

कोरोना महामारीका कारण सर्वोच्च अदालतले वैशाख १५ देखि वैशाख मसान्तसम्म बन्दी प्रत्यक्षीकरण र कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनमात्र दर्ता हुने भन्दै सर्वोच्चले फिर्ता गरिदिएको हो ।

सहरजिस्ट्रार बाबुराम दाहालले अदालतको नियमित काम कारबाही र सेवा सञ्चालन भएको बखत निवेदन लिई आएमा दर्ता हुन सक्ने भन्दै हाललाई रिट फिर्ता हुने आदेश दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस