इजरायलद्धारा आफ्ना नागरिकलाई सात देश जान प्रतिबन्ध « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

इजरायलद्धारा आफ्ना नागरिकलाई सात देश जान प्रतिबन्ध


१९ बैशाख २०७८, आइतबार


जेरुसेलम । इजरायलले आफ्ना नागरिकलाई विभिन्न सात देश जान प्रतिबन्ध लगाएको छ ।

ती देशमा पछिल्लो समयमा कोरोना भाइरसको न्यु भेरिएन्ट पाइएको र महामारीको खतरा निकै बढेको भन्दै आफ्ना नागरिकलाई जान प्रतिबन्ध गरेको छ ।

यसरी प्रतिबन्ध गरिएका देशहरुमा युक्रेन, इथियोपिया, ब्राजिल, दक्षिण अफ्रिका, भारत, मेक्सिको र टर्की रहेका छन् ।

सो प्रतिबन्ध आगामी सोमबारबाट शुरु हुने र १३ दिनसम्म रहने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस