भारतमा १५ करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भारतमा १५ करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप


१६ बैशाख २०७८, बिहिबार


नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसविरुद्धको खोप लगाउनेहरुको सङ्ख्या १५ करोडभन्दा बढी पुगेको छ ।

सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार देशभरी कोरोनाविरुद्धको खोप लगाएकाहरुको सङ्ख्या १५ करोड २० हजार ६४८ पुगेको हो । देशका १० राज्यहरु आन्द्र प्रदेश, बिहार, केरला, मध्य प्रदेश, कर्नाटक, पश्चिम बंगाल, गुजरात, उत्तर प्रदेश, राजस्थान र महाराष्ट्रमा मात्रै ६७.१८ प्रतिशत खोप प्रयोग भएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै देशभरी २१ लाखभन्दा बढी खोप प्रयोग भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।

कोरोनाभाइरसको महामारीबाट अत्यन्त प्रभावित भएको भारतमा अहिले ८२।१० प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् । भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ६९ हजार ५०७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये ८७।०७ प्रतिशत माथी उल्लेखित दश राज्यका रहेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ७९ हजार २५७ जना नयाँ सङ्क्रमित थपिएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये ७२.२० प्रतिशत ती दश राज्यमा रहेको तथ्याङ्कमा देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस