लुम्बिनी प्रदेशमा मन्त्री बनेका जसपाका चार सांसद पदमुक्त « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लुम्बिनी प्रदेशमा मन्त्री बनेका जसपाका चार सांसद पदमुक्त


प्रशासन संवाददाता

१६ बैशाख २०७८, बिहिबार


बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् ।

प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो ।

सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २ (१) बाट प्रत्यक्ष निर्वाचित हुन् भने सुमन र कल्पना समानुपातिक सांसद हुन् । उनीहरु चारै जना हाल लुम्बिनी प्रदेश सरकारमा मन्त्री छन् ।

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस