२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीका प्राकृतिक चिकित्सालय र योग केन्द्र बन्द

अ+ अ-

गलेश्वर । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाको त्रासका कारण प्राकृतिक चिकित्सालयको नामले चिनिएका म्याग्दीका तातोपानी कुण्ड र योग केन्द्रहरु अनिश्चितकालका लागि बन्द गरिएको छ । जिल्लाको बेनी नगरपालिका–४ मा अवस्थित सिंगा तातोपानी कुण्ड बुधबारदेखि बन्द गरिएकोे कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै तातोपानी कुण्ड बन्द गराउने निर्णय गरेको थियो । सिंगा तातोपानीसँगै उत्तरी म्याग्दीको भूरुङतातोपानी, मुदी बगरको तातोपानी, हिस्तान लगायतका ठाउँमा रहेका तातोपानीका कुण्डहरु पनि बन्द भएका छन् ।

साथै प्रशासनले गलेश्वर, महारानीथानको नित्यपूजा बाहेकका अन्य गतिविधि नगर्न, विवाहमा बाजा नबजाउन, २५ जना भन्दाबढी भेला नहुन, जिमखाना, कबर्डहल र योग केन्द्रहरु पनि बन्द गराउन आदेश जारी गरेको छ ।

यसअघि मङ्गलवार बसेको कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आकस्मिक बैठकले वैशाख १५ देखि २८ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन नगराउने गरी शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो ।

सदरमुकाम बेनीबजार पछिल्लो समय कोरोनाको ‘हटस्पट’ बन्दै जान थालेको छ । बुधबारमात्रै यहाँ पिसिआर विधिबाट गरिएको परीक्षणमा १३ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सदरमुकामबाहेक ग्रामीण क्षेत्रहरुमा समेत सङ्क्रमित भेटिन थालेपछि चिन्ता बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म ४६ जना सक्रिय कोरोना सङ्क्रमित देखिएका छन् ।

देशका विभिन्न ठाउँबाट प्राकृतिक तातोपानीमा स्नान गरी उपचार गराउन मानिसहरु आउने भएकाले कोरोना भाइरस सङ्क्रमित व्यक्तिको आगमन हुँदा यसले ठूलो समस्या निम्त्याउन सक्ने भएकाले पूर्व सतर्कता अपनाएर अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको अध्यक्ष शाक्यले जानकारी दिए ।

कोरोनाको जोखिम न्यूनीकरण भएर सामान्य भएपछि अर्को सूचना जारी गरेर मात्रै कुण्डलाई पुनः सञ्चालन गराउने व्यवस्थापन समितिले जनाएको छ । कुण्डमा अहिले ५०० भन्दा बढी बिरामीले कुण्डमा स्नान गर्ने र डुबेर उपचार गराउँदै आएका छन् ।

जमिन भित्रबाट निस्कने ४५ देखि ५७ डिग्री सेल्सियस तापक्रम भएको गन्धक र बिरेनुनको गन्ध आउने यहाँको प्राकृतिक तातोपानीको कुण्डमा शरीरको बाहिरी भाग डुबाएर उपचार गरेमा ग्याष्ट्रिक, नसा, बाथरोग, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुनिने, गलगाँड, एसाइतिसलगायतका रोगहरु निको हुने मान्यता छ ।