सरकारी अस्पतालको सेवा प्रभावकारी बनाउन उपप्रमको निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारी अस्पतालको सेवा प्रभावकारी बनाउन उपप्रमको निर्देशन


१४ बैशाख २०७८, मंगलबार


काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पताललाई जनतामैत्री बनाउन निर्देशन दिएका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ५ मा पर्ने चार ठूला सरकारी अस्पतालका प्रमुखसँगको आजको बैठकमा उनले असहाय र गरिब जनताको भरोसा नै सरकारी अस्पताल भएकाले अस्पतालको सेवामा सुधार गरी बिरामीलाई राहत दिन निर्देशन दिए।

उपप्रधानमन्त्री पोखरेलले बाँसबारीस्थित गङ्गालाल अस्पताल पुगी आफ्नो निर्वाचन क्षेत्रमा पर्ने त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, गङ्गालाल हृदयरोग केन्द्र र नेपाल प्रहरी अस्पतालले प्रदान गर्दै आएका सेवा, सुविधा र समस्या समाधानका विषयमा छलफल गरेका हुन् । नेकपा (एमाले) का महासचिवसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले गत निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्धता अनुसार सरकारी अस्पतालको सेवा सहज, सरल र गुणस्तरीय बनाउन आफू प्रतिबद्ध रहेको बताए ।

छलफलमा काठमाडौँ क्षेत्र नम्बर–५ का प्रदेशसभा सदस्य दीपक निरौला पनि सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस