पिसिआर परीक्षण गर्दा तोकिएभन्दा बढी शुल्क नलिन स्वास्थ्य मन्त्रालयको आग्रह « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पिसिआर परीक्षण गर्दा तोकिएभन्दा बढी शुल्क नलिन स्वास्थ्य मन्त्रालयको आग्रह


१४ बैशाख २०७८, मंगलबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले कोरोना भाइरसको संक्रमणको पहिचानका लागि गरिने पिसिआर परीक्षणको शुल्क तोकिए भन्दा बढी नलिन आग्रह गरेको छ।

मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै तोकिएको शुल्कभन्दा बढी लिए कारबाही गर्ने चेतावनी दिएको हो।

स्वास्थ्य मन्त्रालयले पिसिआर परीक्षण गरेबापत सरकारी प्रयोगशालाले १००० र निजी प्रयोगशालाले २००० रुपैयाँ शुल्क तोकेको छ। तर निजी प्रयोगशालाले संक्रमण रोकथामको नाममा थप शुल्क लिएको भन्ने मन्त्रालयमा गुनासो आएको थियो। त्यसैले, तोकिएको शुल्कमात्रै लिन र त्यसबाहेक थप शुल्क कुनै बहानामा पनि नलिन मन्त्रालयले भनेको छ।

सोमबार बसेको सरकारको प्रमुख विशेषज्ञ स्तरीय बढी शुल्क लिने प्रयोगशालालाई परिक्षणको सुचीबाट हटाउने निर्णय गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस