ऊर्जामन्त्री रायमाझीलाई कोरोना सङ्क्रमण पुष्टि, सैनिक अस्पताल छाउनीमा भर्ना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ऊर्जामन्त्री रायमाझीलाई कोरोना सङ्क्रमण पुष्टि, सैनिक अस्पताल छाउनीमा भर्ना


१४ बैशाख २०७८, मंगलबार


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

सोमबार गरिएको पीसीआर परीक्षणमा मन्त्री रायमाझी र परिवारका सदस्य तथा सचिवालयका केही सदस्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

गृह जिल्ला अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्किएपछि स्वाब परीक्षण गर्दा मन्त्री रायमाझीलाई कोरोना सङ्क्रमित पुष्टि भएको हो ।

मन्त्री रायमाझीको अहिले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको उनको सचिवालयले जानकारी दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस