सुर्खेतमा कोरोना संक्रमित पुरुषको मृत्यु « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

सुर्खेतमा कोरोना संक्रमित पुरुषको मृत्यु


प्रशासन संवाददाता

१४ बैशाख २०७८, मंगलबार


सर्खेत । सुर्खेतमा मंगलबार बिहान कोभिड–१९ कोरोना भाइरस संक्रमित एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। जुम्ला तिला गाउँपालिका–२ घर भइ हाल सुर्खेतस्थित वीरेन्द्रनगरमा बस्दै आएका ७६ वर्षीय एक पुरुषको प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दीर्घरोगबाट ग्रसित उनी आइतबार राति प्रदेश अस्पताल कालागाउँमा भर्ना भएका थिए। सोमबार कोरोना परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

स्वास्थ्यमा सुधार नआएपछि कोरोना संक्रमित ति व्यक्तिको मंगलबार बिहान ५ः२० बजे मृत्यु भएको हो । यो सँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस