कर्मचारीमा कोरोना देखिएपछि प्रदेश २ को प्रदेशसभा स्थगित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारीमा कोरोना देखिएपछि प्रदेश २ को प्रदेशसभा स्थगित


१३ बैशाख २०७८, सोमबार


जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

प्रदेशसभाका तीनजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको हो । प्रदेशसभाको पाँचौ अधिवेशन गत चैत ३० गतेबाट शुरु भएको छ । सोही दिन पहिलो बैठक बस्दा १० वैशाखमा दोस्रो बैठक बसेको थियो ।

वैशाख १४ गते मंगलबार तेस्रो बैठक बस्ने मिति तय भएपनि तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

तीनजना कर्मचारीमा सक्रमण देखिएपछि आफूसहित अन्य कर्मचारीको पनि स्वाब परीक्षणका लागि दिइएको उनले बताए ।

पाँचौ अधिवेशन शुरु भएपछि प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रक्रिया शुरु भएको छ । प्रदेशको नामका लागि मधेस, जानकी, जनक, मध्य मधेस र मिथिला–भोजपुरा प्रस्ताव दर्ता भएको छ भने राजधानीका लागि जनकपुरधाम र वीरगञ्ज प्रस्ताव दर्ता भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस