कोरोना संक्रमण रोक्ने हरसम्भव उपाय अपनाउन सरकारसँग देउवाको माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना संक्रमण रोक्ने हरसम्भव उपाय अपनाउन सरकारसँग देउवाको माग


१३ बैशाख २०७८, सोमबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरेना भाइरस (कोभिड–१९) को संक्रमण रोक्ने हरसम्भव उपाय अपनाउन सरकारसँग माग गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज (सोमबार) विज्ञप्ति जारी गर्दै संक्रमितहरुको उपचार गर्न स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति आएको बताएका छन् । उनले उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्ने व्यवस्था मिलाउन पनि माग गरेका छन् ।

कांग्रेस सभापति देउवाले चाँडै खोपको व्यवस्था गर्न ठोस योजनासहित कूटनीतिक सक्रियता बढाउन पनि सरकारसँग माग गरेका छन् । छिमेकी मुलुक भारतबाट १० लाख र पछि चीनबाट ८ लाख खोप निःशुल्क प्राप्त भएको र देशको सम्पूर्ण आवश्यकता पूर्ति गर्न अझ धेरै संख्यामा खोपको आवश्यकता रहेको पनि उनले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस