पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु


१३ बैशाख २०७८, सोमबार


काठमाडौँ । पछिल्ल्लो २४ घण्टामा देशभर थप ३५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  १२ हजार ४०० जनाको पीसीआर र ८९३ जनाको एन्टीजेन परीक्षण गर्दा ३५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसहित नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३७८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख ७७ हजार ९५१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

यस्तैगरी सोही समयमा कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसबाट ३,१७६ जनाको मृत्यु भइसकेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस