सुरक्षा परिषद्को सचिवालय पुतली बगैँचाबाट सर्‍यो रक्षा मन्त्रालय « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सुरक्षा परिषद्को सचिवालय पुतली बगैँचाबाट सर्‍यो रक्षा मन्त्रालय


१३ बैशाख २०७८, सोमबार


काठमाडौँ । रक्षा मन्त्रालय आफ्नै भवनमा सरेको छ ।

सिँहदरवारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय पुतली बगैँचामा रहेको मन्त्रालय सोमबारदेखि साबिकमा नेपाल आर्मीको क्याभलरी रहेको स्थानमा निर्मित आफ्नै भवनमा सरेको हो ।

११ बजेदेखि वैदिक विधिपूर्वक मन्त्रालय आफ्नै भवनमा सरेको मन्त्रालयका सहसचिव टोकराज पाण्डेले प्रशासनलाई जानकारी दिए ।

२०७२ को महाभूकम्पले क्षति पुर्‍याएपछि मन्त्रालय सचिवालयको भवनमा सरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस