तत्काल देशभर लकडाउन गर्दैनौँ, आंशिक लकडाउन हुनसक्छ : परराष्ट्रमन्त्री ज्ञवाली « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

तत्काल देशभर लकडाउन गर्दैनौँ, आंशिक लकडाउन हुनसक्छ : परराष्ट्रमन्त्री ज्ञवाली


१२ बैशाख २०७८, आइतबार


काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले तत्काल देशभर लकडाउन नगर्ने बताएका छन् । लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको पनि उनले बताए ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले भने, ‘अहिले तत्काल हामी नेशनवाइड लकडाउन चाहिँ गर्दैनौँ । अहिलेको हाम्रो आग्रह सबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने नै छ ।’

देशको अर्थतन्त्र र जनजीविकामा लकडाउनले प्रभाव नपरोस् भन्ने सरकारको चाहना रहेको बताउँदै उनले कोरोना हटस्पटहरुमा लकडाउन हुनसक्ने बताए ।

‘लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक गर्छ र अलिकति पुस गर्ने मात्रै हो । आफैंमा अन्तिम समाधान होइन,’ मन्त्री ज्ञवालीले भने, ‘भर्खर–भर्खर अर्थतन्त्र तंग्रिन लागेको हुनाले सकभर अर्थतन्त्रमा र मान्छेको जीविकामा प्रभाव नपरोस् भन्ने सरकारको चाहना छ । त्यसो भएको हुनाले हटस्पटहरुमा पार्सल्ली लकडाउन हुन सक्छ तर त्यो लोकल मात्रै, नेशनवाइड लकडाउनचाहिँ हुँदैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस