आज सुनको मूल्य घट्यो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आज सुनको मूल्य घट्यो


१२ बैशाख २०७८, आइतबार


काठमाडौँ। आज सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य चार सय रुपियाँले घटेर ९१ हजार तीन सय रुपियाँ कायम भएको छ । शुक्रवार ९१ हजार सात सय रुपियाँमा कारोबार भएको थियो ।

गत शुक्रवार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य प्रतितोला चार सय रुपियाँले घटेर ९० हजार ५० रुपियाँ कायम भएको छ ।

आज चाँदीको मूल्य एक हजार ३१० रुपियाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसको मूल्य शुक्रवारको भन्दा १० रुपियाँले घटेको हो । गत शुक्रवार यसको मूल्य एक हजार ३२० रुपियाँ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस