कर्मचारी र डाक्टरमा कोरोना देखिएपछि सुशील कोइराला अस्पताल एक साता बन्द « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्मचारी र डाक्टरमा कोरोना देखिएपछि सुशील कोइराला अस्पताल एक साता बन्द


१२ बैशाख २०७८, आइतबार


काठमाडौँ। बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका अधिकांश कर्मचारी र डाक्टरमा कोरोना सङ्क्रमण देखिएपछि एक साताका लागि अस्पताल बन्द गरिएको छ ।

डाक्टर, नर्ससहित अस्पतालका ९० प्रतिशत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक बाहेकका सबै सेवा वैशाख १८ गतेसम्मका लागि बन्द गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

नेपाल भारत खुला सिमानाका कारण हाल बाँकेमा कोरोना सङ्क्रमित सङ्ख्या उच्च रहेको छ । कोरोना सङ्क्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ ।

उपमहानगरपालिका क्षेत्रभर वैशाख ८ गतेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सेवा र हिँडडुलमा निषेध गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस