कोरोनाको दुबै डोज खोप लगाएका ग्राण्डी अस्पतालका चिकित्सकलाई संक्रमण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोनाको दुबै डोज खोप लगाएका ग्राण्डी अस्पतालका चिकित्सकलाई संक्रमण


११ बैशाख २०७८, शनिबार


काठमाडौँ। कोरोना भाइरस (कोभिड-१९) संक्रमणविरुद्धको दुबै डोज खोप लगाएका ग्राण्डी अस्पतालका चिकित्सक डा. विपिन नेपाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार काठमाडौँको केएमसी अस्पतालको ल्याबमा परीक्षण गराउँदा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो ।

स्वास्थ्यकर्मी भएको नाताले देशमा शुरू भएको खोप अभियानमा उनले पहिलो चरणमै पहिलो डोजको खोप लगाएका थिए । उनले बैशाख ८ गते दोस्रो डोज खोप लगाएका थिए ।

उनीसँगै पत्नी पनि संक्रमित भएको डा. नेपालले जानकारी दिएका छन् । डा. नेपालले कोभिड–१९ को प्रकोपताका प्लाज्मा थेरापीबाट धेरै जना संक्रमितलाई निको पारेका थिए ।

दुबै डोज भ्याक्सिन लिएका स्वास्थ्यकर्मी कोरोना संक्रमित हुनुले खोप लगाइसकेपछि पनि जोखिम यथावतै रहन्छ भन्ने देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस