जनकपुरधाम । प्रदेश २ को स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झालाई कोरोना संक्रमण पुष्टि भएको छ । झालाई वैशाख ६ गते कोरोना पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै रहेर उपचार गराइरहेका झाको स्वास्थ्य अवस्था जटिल भन्दै गएपछि थप उपचारका लागि पाटन हस्पिटल ललितपुरमा पुर्याइएको हो ।
उनलाई शनिबार बिहान ३ बजे पाटन अस्पताल पुर्याइएको हो । निमित्त निर्देशक झा गत वर्षदेखि शुरु भएको कोरोनाकालमा नियमित खट्दै आएका व्यक्ति हुन् ।