चलचित्र ‘आँधी तुफान २’ को छायाँकन प्रारम्भ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चलचित्र ‘आँधी तुफान २’ को छायाँकन प्रारम्भ


प्रशासन संवाददाता

१० बैशाख २०७८, शुक्रबार


काठमाडौँ। कोरोनाको दोश्रो लहरको प्रभाव देशभर देखिएको छ । यसले चलचित्र प्रदर्शन ठप्प छ । तर, चलचित्रको छायाँकनमा भने खासै ठूलो असर परेको छैन् । मदन घिमिरेको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘आँधी तुफान २’को छायाँकन बिहिबारबाट सुरु भएको छ ।

बिहिबार चाबहिलस्थित एक पार्टी प्यालेसमा पूजा गर्दै चलचित्रको छायाँकन सुरु गरिएको हो । यस चलचित्रका निर्माता तथा लेखक मौनता श्रेष्ठ हुन् । यो चलचित्रमा कनिज कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, संजय खतिवडा, पुष्कर राउत लगायतको अभिनय रहनेछ । सस्पेन्स थ्रिलर कथामा यो चलचित्र निर्माण हुने बताइएको छ ।

चलचित्रमा रामशरण उप्रेतीको छायाँकन, प्रेम चुल्ठेको एक्सन निर्देशन, सुरेश अधिकारीको संगीत, कमल राइको नृत्य निर्देशन रहनेछ । चलचित्रको छायाँकन काठमाडौँ, काभ्रे र धुलिखेलमा हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस