काठमाडौँ। नेकपा माओवादी केन्दले राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले पार्टी त्यागेको जानकारी संघीय संसद सचिवालयलाई दिएको छ।
खड्काले दल त्याग गरेको सूचना आज दर्ता भएको हो । माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशबाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएको हो।
अब राष्ट्रिय सभा अध्यक्षले सूचना निकालेसँगै उनको पद जानेछ । संसद अधिवेशन रहेका बेला सभामा सुनाउने र अधिवेशन नभएका बेला सूचना निकाल्ने अभ्यास छ ।