एमालेले रामबहादुर थापालाई नै राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमालेले रामबहादुर थापालाई नै राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने


प्रशासन संवाददाता

१० बैशाख २०७८, शुक्रबार


काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) ले गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापालाई नै राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।

आज बालुवाटारमा बसेको दसौं महाधिवशेन आयोजक कमिटी बैठकमा सम्बोधनका क्रममा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई नै आगामी उपचुनावमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने बताएका हुन् ।

‘हाम्रो पार्टीतिर लागेका कारणले माओवादीले कारबाहीको नाउमा रिक्त बनाएका पदहरु ३५ दिनदेखि ६ महिनाभित्र हुने चुनावमा पुन जिताएर ल्याइनेछ । हामीले निष्कासन गरेका मान्छेहरु जित्दैनन्, ओलीले भने,‘जेठ ६ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा रामबहादुर थापा नै हाम्रो उम्मेदवार हो । हामीले समयमा औपचारिक निर्णय गरिनेछ ।’

जनता पुन एमालेको पक्षमा छ भन्ने सन्देश दिन निर्देशन दिँदै प्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेमा लागेपछि जसरी नि संरक्षण हुने आश्वासन दिएका छन् । ओलीले भने,–‘पूर्वमाओवादी साथीहरु प्रचण्डको डर, धम्की, मुद्दा सामना गरेर आफ्नो सांसद पद त्यागेर जुन ढंगले लाग्नु भयो । उहाँहरुलाई पुन चुनाव गराएर जिताइनेछ र एमालेमा लागेपछि जसरी नि संरक्षण हुन्छ । केपी ओली अध्यक्ष भएको पार्टीमा कसैलाई अन्याय हुँदैन। हाम्रो पार्टी ध्वंस बनाउने, पार्टी कार्यालय कब्जा गर्ने चरण सामना गरेर आएका छौं । अब हाम्रो भागमा जीत मात्र छ । ७४ सालमा पपुलर मत ४४ लाख मत पाएको हो । अब ५० लाख ल्याउने हो ।’

साविकको नेकपाबाट राष्ट्रिय सभा सदस्य बनेका थापा एमालेमा लागेका कारण उनलाई माओवादी केन्द्रले सांसदबाट हटाएको थियो । सांसद पद खोसिएपछि पुन गृहमन्त्री बनेका थापालाई आगामी उपनिर्वाचनमा पनि उम्मेदवार बनाउने एमाले अध्यक्ष ओलीले घोषणा गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस