बल्खुमा एमाले पार्टी कार्यालयको भवन शिलान्यास « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बल्खुमा एमाले पार्टी कार्यालयको भवन शिलान्यास


९ बैशाख २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेले बल्खुमा पार्टी केन्द्रीय कार्यालयको नयाँ भवनको शिलान्यास गरेको छ ।

मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बिहान भवन शिलान्यास गरेका हुन् ।

१३ रोपनी क्षेत्रफलमा फैलिने कार्यालय दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष रहेको बताइएको छ ।

बल्खुस्थित कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनबाट पार्टी कार्यालय सञ्चालन गर्दै आएको छ ।

बल्खुमा नयाँ भवन तयार नहुन्जेल एमालेको केन्द्रीय कार्यालय अब थापाथलीबाट सञ्चालन गर्ने तयारी छ ।

भाडामा लिइएको भनिएको थापाथलीस्थित कार्यालयको आजै उद्घाटन कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस