पाकिस्तानको क्वेटा शहरमा विष्फोट, ४ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पाकिस्तानको क्वेटा शहरमा विष्फोट, ४ जनाको मृत्यु


एजेन्सी

९ बैशाख २०७८, बिहिबार


काठमाडौँ । पाकिस्तानको क्वेटा शहरमा अवस्थित एक होटलमा विष्फोट हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् ।

क्वेटा शहरमा अवस्थित चर्चित होटल सेरेनाको पार्किङ क्षेत्रमा विष्फोट भएको बीबीसीले जनाएको छ । सेरेना उच्च सरकारी अधिकारीहरुको बढी आउजाउ हुने होटलको रुपमा चर्चित छ ।

पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले एक टेलिभिजनलाई दिएको प्रतिक्रियाअनुसार विष्फोटक पदार्थले भरिएको कार पार्किङ क्षेत्रमा विष्फोट भएको थियो ।

सामाजिक सन्जालमा सेयर गरिएको भिडियोहरुमा विष्फोटपछि आगोको ठूलो लप्का माथि–माथिसम्म पुगेको देखिन्छ ।

विष्फोटको जिम्मा तालिवानले लिएको छ । क्वेटा शहर बलुचिस्तान प्रान्तको राजधानी हो, जुन अफगानिस्तानको सीमा नजिक छ । बलुचिस्तान क्षेत्रमा पृथकतावादी समूह लामो समयदेखि सक्रिय छ ।

बलुचिस्तान क्षेत्रमा चीनले ठूलो परियोजनामा लगानी गरेको छ र त्यसको विरोध पृथकतावादी समूहले गर्दै आएको छ । त्यसैले यो आक्रमण पाकिस्तानका लागि चिनियाँ राजदूत लक्षित हुनसक्ने स्थानीय मिडियाका रिपोर्टरहरुले बताएका छन् ।

यद्यपि चिनियाँ राजदूत नोङ्ग रोङ्ग क्वेटा शहरमा रहे पनि सो होटलमा भने थिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस