ओली-नेपाल वार्ता : बडिल्याङ्ग्वेजले केही सकारात्मक निष्कर्षमा पुग्नुभयो जस्तो लागेको छ-सल्लाहकार दुगढ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ओली-नेपाल वार्ता : बडिल्याङ्ग्वेजले केही सकारात्मक निष्कर्षमा पुग्नुभयो जस्तो लागेको छ-सल्लाहकार दुगढ


८ बैशाख २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिचको वार्ताले ठुलै आइसब्रेक गर्ने सम्भावना रहेको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगढले बताएका छन् ।

राजधानीको मेरियट होटेलमा दुई घण्टा भएको वन–टु–वान वार्तापछि दुवै नेताहरूको मुहारमा देखिएको प्रफुल्लितले सकारात्मक निर्णय आउन सक्ने उनले बताए ।

‘वन टु वान मिटिङ भएकोले ठ्याक्कै यही कुरा भयो त भन्न सकिएन तर बाहिर निस्कँदा दुबै जना प्रफुल्लित मुद्रामा देखिएकोले केही आइसब्रेक हुन्छ कि भन्ने मलाई लागेको छ’ दुगढले प्रशासनसँग भने, ‘बडिल्याङ्ग्वेजले पनि केही सकारात्मक निष्कर्षमा पुग्नुभयो जस्तो लागेको छ । दुई घण्टा बस्नु र ठुलै आइस ब्रेक हुने चान्स छ’

दुई ठुला नेता बिच लामो समयदेखिको मनमुटाब रहेको अवस्थामा जुन वार्ताको सुरुवात भएको छ, त्यो पार्टीको लागि मात्रै नभई देशकै लागि पनि राम्रो सङ्केत भएको दुगढको भनाई छ ।

एमालेमा ओली र नेपाल-खनाल पक्षबिच विवाद चर्किएर पार्टी फुटको सँघारमा पुगेका बेला नेपाल र ओलीबिच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस