अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालय आग्रह « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालय आग्रह


८ बैशाख २०७८, बुधबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसक्ने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताए ।

मन्त्रालयले बुधबार आयोजना गरेको कोरोनाको प्रेस ब्रिफिङमा बोल्दै डा. गौतमले सभा, भेला, गोष्ठी , सेमिनार, जात्रा, बैठक नगर्न अनुरोध गरे । ‘कोरोना संक्रमण काठमाडौँ लगायत ठूला सहरमा दिनदिनै बढ्दैछ,’ डा. गौतमले भने, ‘थाहा पाइपाइ भीडभाडमा जानु हुँदैन ।’

उनले विवाह, व्रतबन्ध, पूजा, भोज भतेर, समारोह गरी भीड जम्मा गर्ने, भीडमा सरिक हुने र मास्क नलगाइ हेलचेक्रयाइँ तथा असावधानीले संक्रमण थप फैलिँदै गइरहेको बताए ।

पछिल्लो २४ घण्टामा २३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस