भारतमा पछिललो २४ घण्टामा झण्डै ३ लाख नयाँ संक्रमित थपिए, दुई हजार बढीको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भारतमा पछिललो २४ घण्टामा झण्डै ३ लाख नयाँ संक्रमित थपिए, दुई हजार बढीको मृत्यु


प्रशासन संवाददाता

८ बैशाख २०७८, बुधबार


काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ९५ हजार ४१ नयाँ कोरोना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा २ हजार २३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । त्यस्तै भारतमा सक्रिय संक्रमितको संख्या साढे २१ लाख नाघेको छ ।

यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या एक करोड ५६ लाख नाघेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ८२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ६२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै उत्तर प्रदेशमा २९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने, दिल्लीमा २८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । कर्नाटकमा पनि २१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने, केरलामा नयाँ संक्रमितको संख्या १९ हजारभन्दा धेरै रहेको छ ।

भारतमा कोरोना संक्रमण बढेसँगै दिल्लीमा सोमबारदेखि एक साताको लागि लकडाउनको घोषणा गरिएको छ । उत्तर प्रदेशले पनि साताको दुई दिन लकडाउनको घोषणा गरेको छ ।

त्यस्तै अन्य राज्यले पनि संक्रमण नियन्त्रणको लागि भन्दै सामाजिक गतिविधिमा कडाइ गरेका छन् । तर, संक्रमण भने नियन्त्रणमा आएको छैन । भारतमा अहिलेसम्म १३ करोड १ लाखभन्दा धेरै डोज कोरोना खोप दिइएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस