२१ जनाको परीक्षा रद्द, ५ वर्ष लोक सेवाका कुनै पनि परीक्षामा संलग्न हुन नपाउने गरी कारबाही « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

२१ जनाको परीक्षा रद्द, ५ वर्ष लोक सेवाका कुनै पनि परीक्षामा संलग्न हुन नपाउने गरी कारबाही


८ बैशाख २०७८, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले नेपाल प्रहरी तर्फ प्रहरी जवान(जनपद) पदको परीक्षामा अनियमितता गर्ने २१ जनाको परीक्षा रद्द गरिदिएको छ ।

आयोगले २०७७ फागुन २२ मा सञ्चालन गरेको प्रहरी जवान पदको लिखित परीक्षामा अनियमितता गर्ने परीक्षार्थीहरूको परीक्षा रद्द गर्नुको साथै ५ वर्ष आयोगका कुनै पनि परीक्षामा संलग्न हुन नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।

नक्कली परीक्षार्थी बनी परीक्षा दिने र सक्कली परीक्षार्थी दुबैलाई पाँच वर्षसम्म लोक सेवाबाट सञ्चालन हुने कुनै पनि परीक्षामा संलग्न हुन नपाउने गरी निलम्बन गरिएको आयोगले जनाएको छ ।

यस्तै, उनीहरूलाई प्रचलित कानुनबमोजिम अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरीको सम्बन्धित कार्यालयलाई सिफारिस गर्ने आयोगले जानकारी दिएको छ ।

नक्कली परीक्षार्थीले सक्कली परीक्षार्थीको नागरिकता र प्रवेश पत्रमा फोटो परिवर्तन गरी परीक्षा दिएको आयोगको ठहर छ ।

यसै गरी उत्तर पुस्तिकामा आफ्नो विवरण लेखि हाजिरीसमेत गरी प्रश्न पत्र पाउनु अगावै परीक्षा केन्द्रबाट भागी गएका एक जनाको भने लिखित परीक्षा मात्रै रद्द गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस