२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अबका ६३ दिन ज्यादै कठिन : स्वास्थ्य मन्त्रालय

अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको दोस्रो लहरले अबका ६३ दिनसम्म एकदमै कठिन परिस्थिति सिर्जना हुनसक्ने बताएको छ । मंगलबार पत्रकारहरुसँगको कुराकानीमा बोल्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले ‘कोरोनाको पहिलो वेभ पार गरे पनि दोस्रो वेभको गम्भीर मोडमा पुगेको बताए ।

उनले भने,‘कोरोनाको पहिलो वेभ पार गरे पनि दोस्रो वेभको गम्भीर मोडमा हामी पुगेका छौँ । स्वास्थ्य मन्त्रालयले जारी गरेका मापदण्डको पूर्ण पालना होस्’

मन्त्री त्रिपाठीले विगतमा देश र जनताले ठूलो क्षति व्यहोर्नुपरेकोले यसपटक सकभर लकडाउन नगर्ने बताउँदै सरकार लकडाउन गर्ने पक्षमा नभएको र त्यस्तो अवस्था आउन दिने कि नदिने जिम्मा नागरिकमै भएको धारणा व्यक्त गरे ।

हाल कोरोना संक्रमण दर २१.५५ प्रतिशत पुगेको छ । अबका नौ हप्ता अर्थात् ६३ दिन निकै कठिन हुने मन्त्रालयले बताएको छ। स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरिए ६३ दिनपछि भने संक्रमण क्रमशः घट्दै जाने छ ।

मंगलबार मत्रै देशभर आठ हजार ५५ जनाको पिसिआर परीक्षण गर्दा १,७३६ जनामा संक्रमण पुष्टि भएको छ । जुन कुल परीक्षणको २१ दशमलब ५५ प्रतिशत हो । यस अवधिमा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

छलफलमा स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले भने, ‘विश्वभरको तथ्यांक र विगतमा नेपालमा देखिएका केसलाई अध्ययन गर्दा ९८ दिनसम्म संक्रमण उच्च बिन्दुमा पुग्ने अनुमान गरेका छौँ, जटिल अवस्थाका ३५ दिन पार गरिसकेका छौँ । अब हाम्रा लागि नौ हप्ता अर्थात् ६३ दिन ज्यादै कठिन छ । जोखिम कति उठाउने भन्ने आमनागरिककै हातमा छ ।’ कोरोना केही होइन भन्ने भ्रम पालेर जनस्वास्थ्यका मापदण्ड पालना नगरे अवस्था सोचेभन्दा फरक भएर जाने सचिव अर्यालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस