सहलेखापालको दोस्रो चरणको लिखित परीक्षा स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सहलेखापालको दोस्रो चरणको लिखित परीक्षा स्थगित


७ बैशाख २०७८, मंगलबार


काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले सह लेखापाल पदको परीक्षा स्थगित गरेको छ ।

आयोगको विज्ञापन नम्बर २२४–२२७/२०७७–०७८ खुला/समावेशी एकीकृत परीक्षा अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन समूह/लेखा सहायक स्तर चौथो(सह लेखापाल) पदको यही वैशाख १७ र १८ गते हुने भनिएको दोस्रो चरणको लिखित परीक्षा अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको हो ।

आयोगले एक सूचना प्रकाशित गर्दै सो जानकारी गराएको हो ।

दोस्रो लहरको कोरोना संक्रमणका कारण परीक्षा स्थगित गरिएको आयोगले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस