अहिलेकै हालतमा एमालेको एकता जोगिदैन : गोकर्ण विष्ट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अहिलेकै हालतमा एमालेको एकता जोगिदैन : गोकर्ण विष्ट


७ बैशाख २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्व श्रममन्त्री गोकर्ण विष्टले अहिलेकै जस्तो संवादहीनताको स्थितिले नेकपा एमालेको एकता कायम रहन नसक्ने बताएका छन्।

एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल समूहबीच देखिएको दूरीबारे विष्टले आफ्नो सामाजिक सञ्जालमा यस्तो लेखेका हुन।

अध्यक्ष ओली पक्षले माधव नेपाल सहित सो पक्षका २७ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछिगम्भीर संकट पैदा भएको विष्टको टिप्पणी छ।

विष्टले आफ्नो धारणा सार्वजनिक गर्दै संवादहीनता र कारवाहीको बाटो कुनै पनि हालतमा समाधान हुन नसक्ने भनेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्,’विगत केही समय यता नेकपा एमालेमा देखापरेका समस्याहरुको समाधानका लागि संयमित र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्को एकतर्फी र बिनाकारण सांसदहरुमाथि कारबाहीका घटनाहरु अघि बढाइएको छ। यस्ता कारबाहीका शृखंलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ। संवादहीनता र कारबाहीको बाटो कुनै पनि हालतमा समाधान हुन सक्दैन।’

उनले अदालतको फैसलाबमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर एकता जोगाउन आग्रह गरेका छन्।

‘अदालतको फैसलाबमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट सञ्‍चालन गरेर नै एकता जोगाउन सकिन्छ। एउटा इमान्दार कार्यकर्ताका लागि पदीय हैसियतभन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथि हुन्छ,’ विष्टले भनेका छन्, ‘यसर्थ एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहनाबमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्युँताएर विधि मार्फत समाधान खोज्न म आग्रह गर्दछु । पार्टी एकताको रक्षा गरौं ।’ विष्टलाई भने एमालेले स्पष्टीकरण सोधेको छैन।

विगत केहि समय यता नेकपा एमालेमा देखापरेका समस्याहरुको समाधानकालागि संयमीत र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्को…

Posted by Gokarna Bista on Tuesday, 20 April 2021

 

 

Tags :
प्रतिक्रिया दिनुहोस