अमेरिकाका पूर्व उपराष्ट्रपतिको निधन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अमेरिकाका पूर्व उपराष्ट्रपतिको निधन


७ बैशाख २०७८, मंगलबार


वासिङटन । अमेरिका पूर्व उपराष्ट्रपति वाल्टर मोन्डालेको ९३ वर्षको उमेरमा सोमबार निधन भएको छ । सो कुराको जानकारी उनका छोरोले सोमबार नै विज्ञप्तिमार्फत् गराएको अमेरिकामा रहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनी अमेरिकाका राष्ट्रपति जिम्मी कार्टरको समयमा उपराष्ट्रपति थिए । त्यसैगरी पूर्व उपराष्ट्रपति वाल्टर मोन्डाले सन् १९८४ मा अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट मनोनयन पनि भएका थिए ।

पूर्व उपराष्ट्रपति मोन्डालेलाई कुनै त्यस्तो रोग नरहेको र उनको सोमबार निधन भएको उनको परिवारले जनाएको छ । उनी उपराष्ट्रपति हुनुभन्दा अगाडि नै अमेरिकाको सिनेटर थिए । उनी १२ वर्षसम्म अमेरिकाको सिनेटर भएका थिए । अमेरिकको मिनेसोटाबाट प्रतिनिधित्व गरेर उनले १२ वर्षसम्म सिनेटरका रुपमा सेवा गरेका थिए ।

उनले अमेरिकामा बिल क्लिन्टन राष्ट्रपति भएको समयमा जापानका लागि अमेरिकी राजदूत भएरसमेत काम गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस