घट्यो सुनको मूल्य « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

घट्यो सुनको मूल्य


७ बैशाख २०७८, मंगलबार


काठमाडौँ । साताको तेस्रो दिन मङ्गलवार सुनको मूल्यमा गिरावट आएको छ । सोमबारको तुलनामा सुनको मूल्य आज तीन सयले घटेको छ ।

हिजो तोलामा ९१ हजार कायम भएको छापावाला सुन आज ९० हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मङ्गलवार तेजाबी सुनको मूल्य तोलामा ९० हजार २ सय रुपैयाँमा कारोबार भएको छ। यस्तै सोमबार तोलामा १ हजार ३ सयमा कारोबार भएको चाँदीको मूल्य मङ्गलवार पनि १ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस