बालुवाटारमा विधिपूर्वक पूजाआजा गरेर चितवन पठाइयो राम–सीताका मूर्ति « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बालुवाटारमा विधिपूर्वक पूजाआजा गरेर चितवन पठाइयो राम–सीताका मूर्ति


७ बैशाख २०७८, मंगलबार


काठमाडौँ । बालुवाटारमा विधिवत् पुजाआजा गरेर राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई चितवन पठाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले ती मूर्ति चितवन लैजानु अघि विधिपूर्वक पूजाआजा गरेका हुन्।

गत वर्षदेखि नै प्रधानमन्त्री ओलीले चितवनको अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने तयारी गरेका थिए । तयार पारिएका मूर्ति रथ यात्रा गरेर आज चितवन पठाइएको हो।

चितवनको अयोध्यामा रामको जन्मभूमि भएको दाबी गर्दै आएका प्रधानमन्त्री ओलीले अयोध्यामा राम मन्दिर बनाउने तयारी पनि गरेका छ । उनले आफ्नै खर्चमा मूर्ति बनाएको पनि बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस