सैनिक कमाण्ड तथा स्टाफ तालीममा नेपालसहित ११ देशका सैनिक अधिकृत शिक्षार्थी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सैनिक कमाण्ड तथा स्टाफ तालीममा नेपालसहित ११ देशका सैनिक अधिकृत शिक्षार्थी


७ बैशाख २०७८, मंगलबार


काठमाडौँ । सैनिक सेवामा उच्च तहमा पुग्न अनिवार्य मानिएको २८औँ समूहको कमाण्ड तथा स्टाफ तालीम शुरुभएको छ ।

शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आज आयोजित कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्माले तालीम शुभारम्भ गर्दै सफलताका लागि शुभकामनाा व्यक्त गरे । सो अवसरमा तालीममा सहभागी विदेशी शिक्षार्थीबाट कलेज परिसरमा आआफ्नो देशको झण्डोत्तोलन गरिएको थियो ।

मध्यम तहका अधिकृतको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण मानिएको उक्त तालीममा नेपाली सेनाका ५ महिलासहित ५९ अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक/एक तथा श्रीलङ्का, केन्या, नाइजेरिया, पाकिस्तान, बङ्गलादेश, बेलायत, भारत, मलेसिया, माल्दिभ्स र लेवनानका एक/एक शिक्षार्थी सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

विसं २०४९ पुसमा स्थापना भएको उक्त कलेजबाट हालसम्म सेनाका ९८१, विदेशी ८९, नेपाल प्रहरीका १२, सशस्त्र प्रहरी बलका २४, राष्ट्रिय अनुसन्धान विभागका १५ र रक्षा मन्त्रालयका एक गरी एक हजार १२२ शिक्षार्थी अधिकृत दीक्षित भइसकेको जानकारी दिइएको छ । कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीले कोभिड–१९ को सम्पूर्ण सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गरिएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस