संसद् अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

संसद् अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय


६ बैशाख २०७८, सोमबार


काठमाडौँ। सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

आज दिउँसो १ बजेबाट अधिवेशन अन्त्यको निर्णय गरिएको एक सदस्यले जानकारी दिएका छन् । जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले अधिवेशन अन्त्यको निर्णय गरिएको जनाइएको छ ।

अब हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुने छ । सरकारको सिफारिसमा राष्ट्रपतिले बजेट अधिवेशन मिति तोक्ने व्यवस्था छ ।

गत फागुन २३ गतेदेखि हिउँदे अधिवेशन सुरु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते विघटन गरेको संसदलाई पुनर्स्थापना गर्न सर्वोच्च अदालतले फागुन ११ गते आदेश दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस