भन्सार एजेन्टको लिखित परीक्षा जेठ २२ गते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भन्सार एजेन्टको लिखित परीक्षा जेठ २२ गते


६ बैशाख २०७८, सोमबार


काठमाडौँ । भन्सार एजेन्ट छनौट परीक्षाको मिति सार्वजनिक भएको छ ।

भन्सार विभागले ०७७ चैत १६ गते अनलाइन दरखास्त माग गरेको विज्ञापनको लिखित परीक्षाको मिति तोकेको हो ।

लिखित परीक्षा जेठ २२  गते दिउँसो १ बजेका लागि तोकिएको छ । परीक्षा केन्द्र भने पछि प्रकाशित हुने जनाइएको छ ।

विभागले गत चैत्र १६ गते ६६० पदका लागि अनलाइन दरखास्त आह्वान गरेको थियो ।

सम्बन्धित समाचार : ६६० भन्सार एजेन्टका लागि दरखास्त माग

परीक्षार्थीले सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस