आज पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री हुने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आज पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री हुने


६ बैशाख २०७८, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको छ ।

सूचना अनुसार रु २० करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ । सो बिल आगामी साउन ५ गते परिपक्व हुनेछ ।

यस्तै रु पाँच अर्ब बराबरको ट्रेजरी बिल भने कूल १८२ दिनका लागि विक्री गरिने छ । सो बिल भने आगामी कात्तिक २ गते परिपक्व हुनेछ ।

राष्ट्र बैंकले यसअघि गत चैत ३० गते रु २० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस