सुर्खेतमा कोरोना संक्रमित महिलाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुर्खेतमा कोरोना संक्रमित महिलाको मृत्यु


प्रशासन संवाददाता

५ बैशाख २०७८, आइतबार


काठमाडौँ । सुर्खेतमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका–९ की ५८ वर्षीया एक महिलाको मृत्यु भएको हो ।

कर्णाली प्रदेश अस्पताल कोभिड उपचार केन्द्रको आइसोलेसन वार्डमा उपचारको क्रममा आज दिउँसो ती महिलाको मृत्यु भएको प्रदेश अस्पतालले जनाएको छ ।

उनलाई ज्वरो, खोकी लागेपछि वैशाख २ गते उपचारका लागि प्रदेश अस्पताल ल्याइएको थियो । अस्पतालकै प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा तीन गते उनीमा कोरोना पोजिटिभ देखिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस