माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलायो « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलायो


प्रशासन संवाददाता

५ बैशाख २०७८, आइतबार


काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ ।

समसायिक राजनीतिक विषय र पार्टी संगठनबारे छलफल गर्न बैठक बोलाइएको प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।

अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया भङ्ग गर्दै माओवादी केन्द्र ब्युँताइदिएपछि प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने प्रयत्नमा लगातार लागिपरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस