काठमाडौँ । कर्णाली प्रदेश सरकारले वैशाख ७ गते कर्णाली प्रदेशभर सार्वजनिक विदा दिने भएको छ । चैत्र शुक्ल अष्टमी(चैते दशै) को अवसरमा प्रदेशस्थित सबै सरकार तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुण्यविक्रम पौडेलले जानकारी दिए ।