दाहाल–नेपालबीच भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दाहाल–नेपालबीच भेटवार्ता


४ बैशाख २०७८, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

स्रोतका अनुसार भेटमा कर्णालीको विषयमा छलफल हुनुका साथै अन्य रणनीतिक विषयमा पनि छलफल भएको छ । भेटमा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठका साथै एमाले नेता घनश्याम भुसालसमेतको सहभागिता रहेको बताइएको छ ।

उक्त भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । शुक्रबार कर्णालीमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार नेपाल समूहका ४ सांसदले सघाएकै कारण ढल्नबाट जोगिएको थियो । कर्णालीमा ४ सांसदले फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत लिएपछि राजनीति थप तरंगित बनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस