गएरातीको चट्याङमा परि दुई जनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गएरातीको चट्याङमा परि दुई जनाको मृत्यु


प्रशासन संवाददाता

३ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । हावाहुरीसँगै परेको चट्याङका कारण बाग्लुङ र स्याङ्जामा दुईजनाको मृत्यु भएको छ । बिहिबार राति परेको चट्याङका कारण एकजना घाइते भएका छन् ।

बाग्लुङको ताराखोला गाउँपालिका–२ सिले बस्ने ४५ वर्षीय खिमलाल कँडेल र स्याङ्जाको फेदीखोला–५ बायाँ फड्के बस्ने ३९ वर्षीय ईश्वरी लामिछानेको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै बाग्लुङको ताराखोला गाउँपालिका–३ रातमाटा घर भएकी ४५ वर्षीय कृष्ण कुमारी कार्की घाइते भएकी छन् । उनको हालको अवस्था सामान्य रहेको छ। चट्याङ लागेर पर्वतको जलजला–८ लुप्राङमा १ भैसी, १ गोरु र दुईवटा बाख्रा मरेका पनि छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस