सिन्दुरे जात्रामा रंगियो थिमी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिन्दुरे जात्रामा रंगियो थिमी


२ बैशाख २०७८, बिहिबार


काठमाडौँ । कोरोना कहरबीच पनि यस वर्ष बिहिबार मध्यपुर थिमी क्षेत्रमा ३२ खटसहितको सिन्दुर जात्रा उल्लास पूर्वक मनाइएको छ ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ । बिस्केट जात्राको अवसरमा मध्यपुर थिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दूर जात्रा प्रसिद्ध जात्रा रहेको छ ।

पमाहरु हातहातमा चिराग अर्थात बत्ती लिएर पमा नाइकेको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराउने चलन छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने परम्परा छ ।

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस