२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आनी छोइङ डब्लुडब्लुएफको सद्भावना दूत नियुक्त

अ+ अ-

काठमाडौँ । विश्वव्यापीरुपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले प्रसिद्ध आध्यात्मिक गायिका एवं संरक्षणकर्मी आनी छोइङ डोल्मालाई सद्भावना दूत नियुक्त गरेको छ ।

विश्वमा सयभन्दा बढी देशमा संयन्त्र विस्तार भएको यस संस्थाले हालै आनी छोइङलाई सद्भावना दूत नियुक्त गरेर वातावरण संरक्षणमा नेपालका प्रयासहरु र नेपालले गर्नुपर्ने कार्यहरुका बारेमा विश्वव्यापी अभियानको थालनी गरेको बताएको छ ।

डब्लुडब्लुएफ नेपालले विगतमा विभिन्न अभियानहरुमा अभियानदूतका रुपमा विभिन्न व्यक्तित्वलाई छनोट गरेपनि पहिलो पटक सद्भावना दूतको घोषणा गरी संरक्षण अभियानलाई विश्वव्यापी रुपमा सञ्चालन गर्न लागेको जनाएको छ ।

सन्तुलित विकासका लागि आध्यात्मिक र धार्मिक मूल्यमान्यता एवं विश्वासलाई विस्तार गर्नु आवश्यक भएकाले यस अभियानमा लामो समयदेखि क्रियाशील रहेकी छोइङलाई सद्भावना दूत नियुक्त गरिएको डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले जानकारी दिए ।

उनले भगवान् गौतम बुद्धको शान्ति शिक्षा, सामाजिक भेदभावको अन्त्य गर्न तथा विकास र वातावरणलाई सन्तुलित रुपमा अघि बढाउनु पर्ने ज्ञानको प्रचार गर्न आनी छोइङको सक्रिय भूमिका रहने विश्वास व्यक्त गरे।

आधुनिकताको नाममा भएको वातावरण विनास रोक्न र प्राकृतिक सम्पदाको संरक्षण गरी सुन्दर पृथ्वी भावी पुस्तालाई सुम्पिने अवस्था बनाउनु आजको मुख्य आवश्यकता रहेको बताउँदै सद्भावना दूत आनी छोइङले भनिन्, ‘प्रकृति र संस्कृतिप्रतिको प्रेमले नै मलाई यस अभियानमा लाग्न प्रेरित गरेको छ ।

राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा सुरक्षित भविष्यका लागि जनचेतना अभिवृद्धिमा लाग्न थप जिम्मेवारी पाएकी छु ।’ वनजङ्गलको विनासले गर्दा आज ८५ प्रतिशत स्वच्छ पानीका मुहान सुकेका, बाढी पहिरोजस्ता प्राकृतिक विपद्का घटनामा वृद्धि भएको बताउँदै उनले अहिले नै हामीले वातावरण संरक्षणमा ध्यान दिन नसके अनेक समस्या आउन सक्ने निश्चित रहेको उल्लेख गरिन्।

आज बजारीकरणका नाममा बहुमूल्य जडीबुटीको लोप एवं दुर्लभ वन्यजन्तुको चोरीशिकारीका घटना बढ्दै गएको, खानपानमा विषादी तथा प्लाष्टिकजन्य वस्तुको बढ्दो प्रयोगले गर्दा मानव र प्रकृतिबिचको सन्तुलन खल्बिलिन जाँदा वातावरण र जनस्वास्थ्यमा अनेक समस्या आएकाले यसबारेमा पनि विश्वव्यापीरुपमा जनचेतना बढाउन आवश्यक रहेको आनी छोइङको भनाइ छ ।

प्रकृति संरक्षणमा नेपालले गरेको सफल उदाहरणहरु प्रचार हुनु आवश्यक रहेको बताउँदै उनले हाम्रो मौलिकतालाई मासिन नदिई विश्वका अन्य मुलुकका सिकाइलाई पनि हामीले आत्मसात गर्न सक्नुपर्ने खाँचो औँल्याइन् ।

प्रतिक्रिया दिनुहोस