कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाउने तालिका सार्वजनिक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाउने तालिका सार्वजनिक


३१ चैत्र २०७७, मंगलबार


काठमाडौँ । स्वास्थ्य कार्यालय काठमाडौँले कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप केन्द्र र तालिका सार्वजनिक गरेको छ । सरकारले बैशाख ७ देखि ११ गतेसम्म कोभिड विरुद्धको दोस्रो डोज खोप लगाउने भएको छ ।

खोपका लागि सरकारले १९ खोप केन्द्र तोकेको छ । पहिलो मात्राको खोप लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कुटनीतिक नियोगका कुटनीतिज्ञ तथा उक्त वियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वीतीय संस्थाका कर्मचारी लगायतलाई आफुलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लिन सरकारले आग्रह गरेको छ ।

२०७७ माघ १४, १५, १६, १७ र २६ गते पहिलो डोजको खोप लगाएकाले २०७८ बैशाख ७ गते खोप लगाउनु पर्नेछ । माघ १८, १९, २०, २१ र २७ गते लगाएकाले बैशाख ८ गते लगाउनु पर्नेछ । माघ २२, २३, २४, २८ र फाल्गुन २ गते लगाएकाले बैशाख ९ गते लगाउनु पर्नेछ । माघ २९ र फाल्गुन ३, ४, ५ र ६ गते लगाएकाले बैशाख १० गते लगाउनु पर्नेछ भने माघ ३० र फाल्गुन ७, ८, ९ र १० गते खोप लगाएकाले बैशाख ११ गते खोप लगाउनु पर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस