नयाँ वर्षमा स्वास्थ्य मन्त्रालयको नयाँ सन्देश : नमस्कार गर्ने… « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नयाँ वर्षमा स्वास्थ्य मन्त्रालयको नयाँ सन्देश : नमस्कार गर्ने…


प्रशासन संवाददाता

३१ चैत्र २०७७, मंगलबार


काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ वर्षका लाग नयाँ सन्देश सम्प्रेषण गरेको छ ।

कोरोना भाइरसको नयाँ स्वरूप बढ्न थालेपछि मन्त्रालयले नयाँ सन्देश जारी गर्दै मास्क लगाउने, बेला बेलामा साबुन पानीले हात धुनेलगायतका क्रियाकलाप जारी राख्न भनेको छ ।

नयाँ वर्षको मेरो सङ्कल्प भन्ने सन्देश छाड्दै स्वास्थ्य मन्त्रालयले भौतिक दुरी कायम गर्ने, भिडभाडमा नजाने, हात नमिलाई टाढैबाट नमस्कार गर्ने, खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनाले छोपेर मात्र गर्ने र आफू पनि जोगिने अरूलाई पनि जोगाउने सन्देश प्रवाह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस